आदर्श सञ्चार, म्याग्दी
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वमा आफन्त गुमाएका परिवारसँग भेटघाट गर्नुभएको छ ।
माओवादीले थालेको खबरदारी अभियानलाई सम्बोधन गर्न म्याग्दीको बनी आउनु भएका दाहालले बेनी नगरपालिका–४ को सिंगा तथा तातोपानी क्षेत्रमा रहेका सशस्त्र युद्धमा आफन्त गुमाएका परिवारलाई भेटघाट गर्नुभएको हो ।
बेनी नगरपालिकाको सिंगा, ठुलोखोला, तातोपानी तथा बेनी बजार क्षेत्रमा पायक पर्नेहरुको परिवारलाई भेटघाट गर्नुभएको नेकपा माओवादी केन्द्र म्याग्दीले जनाएको छ । परिवार गुमाएर पीडित बनेकाहरुको गुनासो सुन्नुका साथै माग पुरा गराउने आश्वासन समेत दिनुभएको थियो । परिवार भेटघाटका क्रममा देशका लागि आफ्नो ज्यान आहुती दिने सहिदका सपना पूरा गर्न पार्टीले क्रान्तिलाई नछाडेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टीलाई पुरानै अवस्थामा फर्काउन आफू अहिले अभियानले लिएर जनताको साथमा आएको बताउनुभयो । सरकार छाडेर जनताको साथमा आएपछि पार्टी प्रति उत्साह जागेको धारणा राख्नु भएको थियो । २०८४ मा हुने निर्वाचनमा पार्टीलाई पहिलो शक्तिका रुपमा पु¥याउन हरके जनताले भूमिका खेल्नु पर्ने बताउनुभयो ।