प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्षमा पौडेल

आदर्श सञ्चार, बागलुङ
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा कमल पौडेल चयन हुनु भएको छ । मंगलबार सम्पन्न शाखाको आठौं जिल्ला अधिवेशनबाट पौडेल अध्यक्षमा निर्विरोध रुपमा चयन हुनु भएको हो ।

उपाध्यक्षमा अर्जुन कार्की, महिला उपाध्यक्षमा संगीता रेग्मी, सचिवमा रोहन जिसी, सह–सचिवमा कृष्ण संयोग, समावेशी सह–सचिवमा लक्ष्मी परियार, कोषाध्यक्षमा रूद्र गौतम चयन हुनु भएको छ ।

समितिको सदस्यहरुमा अनिष पाठक, सुनिल राना, सन्देश खरेल, दिपिका खड्का, कृष्ण कुमार सैजु, गोपाल बुढा, सुजन रेग्मी र प्रवेश पौडेल चयन हुनु भएको छ ।

केन्द्रीय प्रतिनिधिमा रामबहादुर जिसी, हरिनारायण गौतम, सिर्जना पन्त, उमाकान्त शर्मा र रामकृष्ण बोहरा चयन भएका छन् । प्रदेश प्रतिनिधिमा खेमराज गौतम ‘सुवास’, राम खत्री र मन कुमारी केसी चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस्