आदर्श सञ्चार, म्याग्दी
प्रेस चौतारी नेपाल म्याग्दी शाखाको अध्यक्षमा पुनः प्रताप बानियाँ चयन हुनुभएको छ । छैठौ अधिवेशनबाट बानियाँको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा देवी जिसी र मनु थापा, सचिव अमित विश्वकर्मा, सह–सचिवमा कृष्ण कार्की र दिपा बुढाथोकी, कोषाध्यक्षमा किरण कार्की चयन हुनु भएको छ । सदस्यहरुमा स्वइच्छा बानियाँ र दिनेश बानियाँ चयन हुनुभएको छ ।
चौतारीको अधिवेशनका अवसरमा रुप्से दैनिका सम्पादक प्रमोद शर्मालाई नगद पाँच हजार पाँच सय ५५ रुपैयाँसहित प्रेस चौतारी पत्रकारीता पुरस्कार प्रदान गरेको छ ।
प्रेस चौतारी म्याग्दीले स्थापना गरेको यो पुरस्कार यस अगाडी अमृत बास्कुने, तारानाथ शर्मा, सुरत केसी, घनश्याम खड्का, कृष्ण जिसीले प्राप्त गरी सक्नु भएको छ ।