सहकारी संस्थाबाट लिएको ऋण चाँडै तिर्न बेनी नगरपालिकाको ताकेता

आदर्श सञ्चार, म्याग्दी
सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नकालागि बेनी नगरपालिकाले सूचना गरेको छ । बेनी नगरपालिका ८ मा रहेको कुमारी वहुउद्देश्यीय सहकारीका पूर्व सञ्चालकहरु आर्थिक अपचलन भएको भन्दै गिरफ्तारीमा परेको केही दिनमै नगरपालिकाले सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्न आग्रह गरेको हो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जारी गर्नु भएको सूचनामा सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणी सदस्यहरुले तोकिएको समयमा ऋणको सावा तथा ब्याज चुक्ता नगर्दा सहकारी संस्थाहरुमा तरलताको समस्या हुँदा बचत फिर्ता गर्न समस्या भएको जनाइएको छ ।

सहकारीले सदस्यको बचत रकम नै ऋणका रुपमा प्रवाह गर्ने भएकाले ऋणी सदस्यहरुले समयमै साँबा ब्याज भुक्तानी नगर्दा सदस्यहरुको बचत फिर्तामा नकरात्मक असर परेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जारी गरेको सूचनामा सहकारी संस्थाबाट प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवम् मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा शर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावा र ब्याजलगायतका रकम भुक्तानी गरी जिम्मेवार सदस्यको दायित्व पुरा गर्न आग्रह गरेको छ ।

सहकारी संस्थाहरुले समेत सहकारी ऐन २०७४ को दफा ७९ तथा सहकारी नियमावली २०७५ को नियम ३० एवम् बेनी नगरपालिका सहकारी ऐन २०७४ को दफा ५८ बमोजिमका ऋण तथा बाँकी बक्यौता असुली गर्ने सम्बन्धी व्यवस्थाहरु ल्गायत प्रचलित कानुन अनुसार काम कार्वाही हुने नगरपालिको बताएको छ ।

कानुन अनुसार आफ्ना सदस्यहरुको ऋणतथा बक्यौता असुली गर्ने तर्फ थप क्रियाशिल नरहेको खण्डमा प्रचललित कानुन अनुसार सहकारी संस्थालाई समेत कार्वाही गर्ने नगरपालिकाले सूचनामा उल्लेख गरेको ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *