कुमारी बहुउद्देश्यीय सहकारी अपचलन : पीडितलाई निवेदन दिन प्रहरीको आह्वान

आदर्श सञ्चार, म्याग्दी
आर्थिक अपचलन भएको भन्दै पाँच जनालई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्तालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले निवेदन दिन आह्वान गरेको छ ।

सहकारी संस्थाका पूर्व सञ्चाकसमिति तथा पूर्व व्यवस्थापकलाई समेत गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरीले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासवुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतका प्रमाणको सक्कल सहित निवेदन दिन सूचना गरेको छ । बचतकर्ताहरुलाई आफ्नो रकम जम्मा गरेका प्रमाणको सक्कल प्रति सहित नै प्रहरी कार्यालयमा उपस्थितिका लागि आह्वान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले २० गते आइतबार संस्थाका पूर्व अध्यक्ष रघुगंग गाउँपालिका–५ झिँका ६७ वर्षीय मनप्रसाद थजाली, पूर्व उपाध्यक्ष बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षीय राजकुमार थापालाई गिरफ्तार गरेको थियो । सोही दिन नै अन्नपुर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षीय थमबहादुर गर्बुजा, संस्थाका पूर्व व्यवस्थापक(प्रबन्धक) पर्वत लेखफाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नेचौरकी ४९ वर्षीय देवी कुमारी थापालाई गिरफ्तार गरेको थियो ।

सहकारीका वर्तमान तथा पूर्व पदाधिकारीहरुले आर्थिक अपचलन गरेको भन्दै गएको २० गते आइतबार पाँच जनालाइ गिरफ्तार गरेको प्रहरीले सहकारी संस्थामा रहेका प्रमाणहरु दुरुपयोग हुन सक्ने आसंका सहित गत बुधबार २३ गते सहकारी सिल गरेको थियो । साथै २१ माघकै मितिमा प्रहरीले सहकारीका पिडीतहरुलाई निवेदन दिन समेत आह्वान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार थप अनुसन्धान गर्नकालागि सहकारी सिल गर्नुका साथै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइएको छ । पहिलो पटक आइतबारै तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको प्रहरीले बुधबार पुनः जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

सहकारी रष्टिार कार्यालय पोखराको चलानी नं. ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेकोले प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलेल पिडीतहरुबाट माग गरेअनुसार निवेदनहरु आउने क्रम जारी रहेको बताउनुभयो । सञ्चालकहरुले केही बचतकर्ताको रकम फिर्ता पनि गरेको हुनाले फिर्ता हुन बाँकीको निवेदन माग गरीएको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *