आदर्श सञ्चार, पोखरा
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले कर्मचारि स्थायी सरकार हो, जनप्रतिनिधि परिबर्तन भैरहनु पर्छ, जनप्रतिनिधिहरुले निति निर्माण गर्ने हो, कर्मचारिहरुले त्यसको कार्यन्वयन गर्ने र जनतामा सेवा प्रवाह गर्ने भएकाले स्थायी सरकारको रुपमा रहेका सम्पुर्ण राष्ट्रसेबक कर्मचारीहरु नैतिक, आर्थिक चरित्रबाट जोगिएर जनताको सेवामा ध्यान दिएमा जनताले सुशासनको अनुभुति गर्ने बताएका छन ।
शनिवार पोखरामा आयोजित नेपाल निजामती कर्मचारी सङ्गठन , गण्डकी प्रदेशको दोस्रो अधिबेशनको बन्दसत्रलाइ सम्बोधन गर्दै मन्त्री पाठकले सरकारको सफलता वा असफलता कर्मचारीको कार्यशैलिमा भर पर्ने भएकोले कर्मचारीहरुले कानुनको जगमा टेकेर चुस्त दुस्त रुपमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्री पाठकले कतिपय कानुनि कुराहरु दुबिधा पुर्ण रहेका र त्यसैको आधारमा कर्मचारीहरुले समस्याको समधान गर्ने भन्दा पनि समस्या बल्झाउने गरि काम गर्ने गरेको पाइएकोमा सङ्गठनले यस्लाइ गम्भिरता पुर्बक निगरानि राख्न सकेमा यस्ता समस्याहरु समयमा नै हल हुने बताउदै , मन्त्री पाठकले कर्मचारीहरुलाइ प्रोत्साहन गर्न सकिने सेवा सुबिधाको लागि सुरक्षित बाताबरण बनाउन सरकार प्रतिबद्द रहने र कर्मचारीहरुले आफ्नो जिम्मेवारी इमानदार पुर्बक पुरा गर्न निर्देशन गरेका छन ।
सङ्घियतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान , राजनितिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने नारा सहित आफुलाइ स्थापित गरेको नेपाल निजामती कर्मचारी सङ्गठन गण्डकी प्रदेशको दोर्सो अधिबेशनको बन्द सत्रबाट नया नेतृत्व चयन हुने अध्यक्ष मण्डलका अध्यक्ष घनश्याम सापकोटाले बताउनुभयो ।