आदर्श सञ्चार, कतार
गण्डकी प्रदेश समन्वय परिषद् कतारको चौँथो अधिवेशन यही आउदो ११ फेब्रुअरी मङ्गलबार हुने भएको छ ।
’’हाम्रो अभिभारा,समृद्ध गण्डकी प्रदेश’’ भन्ने नारा सहित सन् २०१७ मा स्थापित संस्थाको चौँथो अधिवेशन कतारको राष्ट्रिय खेलकुद दिवसको दिन सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा हुने भएको हो ।
गण्डकी प्रदेश समन्वय परिषदले अधिवेशनमा सहभागीताको लागि कतारमा स्थापित संघसंस्थाका प्रमुखहरु, कतारमा रहेर गैरआवासीय अभियानमा संलग्न सामाजिक व्यक्तित्वहरू, गण्डकी प्रदेश समन्वय परिषद् कतारका संरक्षकहरू, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, सम्पूर्ण संस्थापकहरु, पूर्व सल्लाहकारहरू, पूर्व पदाधिकारीहरू, पूर्व पदेन सदस्यहरू, आबद्ध जिल्ला संस्थाका अध्यक्ष, पदेन सदस्यहरू, २०२३–२५ तथा नयाँ परिषद् सदस्यहरू, लगायत कतारमा रहनुहुने समस्त गण्डकीवासी दाजुभाई तथा दिदीबहिनीहरूमा उपस्थितको निम्ति निमन्त्रणा गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशमा लोकप्रिय थाली नाच, भजन लगाएत कतारमा रहेका कलाकारहरुले विभिन्न सास्कृतिक प्रस्तुतीहरु राख्ने महासचिव कल्याण थापाले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश समन्वय परिषदमा कतारमा स्थपित जिल्ला सस्थामा सक्रिय रहेका कास्की आदर्श समाज, पर्वत समाज, गोरखा सेवा समाज, म्याग्दी प्रवासी नेपाली संघ,तनहुँ सेवा समाज, स्याङ्जा सहयोग समाज, लमजुङ सेवा समाज, बागलुङ सेवा समाज र नवलपुर सेवा समाज गरि नौ जिल्लाको आवद्धता रहेको छ ।
गण्डकी प्रदेश समन्वय परिषद कतारले आवद्ध जिल्ला सस्था तथा कतारमा स्थापित विभिन्न संघ–संस्थाहरु संग समन्वय गरेर विभिन्न सामाजिक एवं मानवीय कार्यमा सहकार्य सगै श्रमिकहरुलाई सचेतना मुलक कार्यक्रम गर्दे आएको कार्यबाहक अध्यक्ष नन्दलाल विक ( अजय) ले जानकारी दिनुभयो ।