आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिडेका ४६ जना बचतकर्ताले प्रहरीमा आफ्नो बचत फिर्ताका लागि उजुरी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक(इन्सपेक्टर) सागर पौडेलका अनुसार प्रहरीले बचतकर्तालाई निवेदन दिन आह्वान गरेकोमा हाल सम्म ४६ जनाको उजुरी परेको हो । बचतकर्ताहरु मध्ये कतिपयको रकम फिर्ता भै सकेको र कतिपयले उजुरी नगरेको भए पनि हाल सम्म एक हप्ताको अवधिमा ४६ जना शेयर सदस्यहरुले आफ्नो बचत रकम फिर्ताका लागि आवश्यक प्रमाण सहित निवेदन पेश गर्नुभएको छ । प्रहरीले गएको २१ गते कुमारी वहुउद्देश्यीय सहकारीका बचतकर्तालाई उजुरी दिनका लागि आह्वान गरेको थियो ।
आर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई गत २३ गते प्रहरीले सिल गरेको छ । सहकारीका वर्तमान तथा पूर्व पदाधिकारीहरुले आर्थिक अपचलन गरेको भन्दै गएको माघ २० गते आइतबार पाँच जनालाइ गिरफ्तार गरेको प्रहरीले बुधबार सहकारी संस्थालाई सिल गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार बिहान कुमारी बहुउद्देश्यीय सहकारीका पूर्व उपाध्यक्ष बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षिय राजकुमार थापा लगायत पाँच जनालाई २० गते बिहान प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तारीमा पर्नेहरुमा रघुगंग गाउँपालिका–५ झिँका ६७ वर्षिय मनप्रसाद थजाली, अन्नपुर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षिय थमबहादुर गर्बुजा, पर्वत लेखफाँटका ५३ वर्षिय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नेचौरकी ४९ वर्षिय देवी कुमारी थापा रहनु भएको छ ।
जिल्ला अदालत म्याग्दीबाट सोमबार गिरफ्तार भएका पाँच जनालई थप अुसन्धान गर्नका लागि सात दिन म्याद थप गरेको प्रहरीले जनाएको छ । पहिलो पटक माघ २० गते तीन दिन र दोश्रो पटक माघ २३ गते पाँच दिनको म्याद थपेकोमा आज तेश्रो पटक सात दिनको म्याद थप भएको प्रहरीले जानकारी दिएको छ ।
सहकारी रष्टिार कार्यालय पोखराको चलानी नं. ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेकोले प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलेल पिडीतहरुबाट माग गरेअनुसार निवेदनहरु आउने क्रम जारी रहेको बताउनुभयो । सञ्चालकहरुले केही बचतकर्ताको रकम फिर्ता पनि गरेको हुनाले फिर्ता हुन बाँकीको निवेदन माग गरीएको उहाँको भनाई छ ।