कारागारका बन्दीलाई सेनेटरी प्याड बनाउने तालिम


आदर्श सञ्चार, बागलुङ
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी प्रयासले सीप जीवनको सबैभन्दा ठूलो संरक्षक भएको बताउनु भएको छ ।
जिल्ला कारागार बागलुङका महिला बन्दीका लागि आयोजना गरिएको १५ दिने सेनेटरी प्याड तथा सपिङ्ग व्याग बनाउने तालिमको समापन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

प्रजिअ सुवेदीले सीप सिक्नु भन्दा धेरै महत्वपूर्ण त्यसलाई अवलम्बन र प्रयोग गर्नु भएको बताउनु भएको थियो ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पर्वतको आयोजनामा माघ १२ गतेदेखि सुरु भएको तालिममा १६ जना बन्दी महिलाको सहभागीता रहेको जिल्ला कारागार बागलुङका प्रशासक धिरेन्द्र पन्तले जानकारी दिनुभयो ।

तालिम केन्द्रका प्रमुख मोहनचन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कारागार प्रशासक धिरेन्द्र पन्तले सहजिकरण गर्नु भएको थियो । तालिममा सहभागी भएका बन्दीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *