बेलुन पड्कदा अर्थमन्त्री र महानगरप्रमुख घाइते


आदर्श सञ्चार, पोखरा
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुनमा आगलागी भएर पड्कदा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन ।

कार्यक्रमको प्रमुख अतिथिमा अर्थमन्त्री पौडेल थिए भने अध्यक्षता आचार्यले गरेका थिए । डिजिटल रुपमा स्विच थिचेर स्वतः पानसमा बत्ती बलेको थियो । पोखरा भ्रमण वर्ष २०२५ लेखेको २ ब्यानरसहित थुप्रै बेलुनको दुईवटैै पोकाहरु उडाएर भ्रमण वर्षको शुभारम्भ गर्ने क्रममा बेलुनमा आगो सल्किएको थियो ।

बेलुनको आगो पौडेल र आचार्यको टाउकोमा खसेर घाइते हुनभएको छ । आचार्यको देब्रे गाला र कपाल डढेको छ । पौडेलको कपाल डढेको छ कानबाट रगत बगेको छ । दुबै जनालाइ उपचारका लागि अस्पताल पु¥याइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *