बागलुङमा फागुन ११ देखि लखन कप हुँदै

आदर्श सञ्चार, बागलुङ
आगामी फागुन ११ देखि १५ गतेसम्म बागलुङमा नेपालका प्रथम सहिद लखन थापामगरको स्मृतिमा ‘चौथो लखन कप–२०८१’ संचालन हुने भएको छ । नेपाल मगर संघ बागलुङको आयोजनामा लखन कप आयोजना गरिएको हो ।

मगर दिवसका अवसरमा लखन कप आयोजना गरिएको मगर संघ बागलुङका अध्यक्ष श्यामबहादुर पुनमगरले जानकारी दिनुभयो । चार दिनसम्म चल्ने कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलकुदहरु हुने पुनको भनाइ छ । उहाँका अनुसार पुरुष तथा महिला भलिबल प्रतियोगित, छेलो फाल्ने, रस्साकस्सा लगायतको प्रतियोगिताको आयोजना गरिएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु ८१ हजार १८१, द्वितीय हुनेले रु ४१ हजार १४१ रुपैयाँ प्राप्त गर्ने छन् । महिला भलिबल प्रतियोगितामा प्रथम हुने समूहले रु ३० हजार, द्वितीय हुनेले रु १५ हजार रुपैयाँ प्राप्त गर्ने मगर संघ बागलुङका सह–सचिव रेशम घर्तीमगरले जानकारी दिनुभयो ।

सहिदको सम्मानमा हरेक वर्ष मगर संघले सांस्कृतिक तथा खेलकुद कार्यक्रम राख्दै आएको हुँदा यस वर्ष पनि निरन्तरता दिएको उहाँको भनाइ छ । उक्त अवसरमा प्रतियोगितात्मक कार्यक्रमसहित मगर समुदायमा प्रचलित विभिन्न किसिमका झाँकीहरु प्रर्दशन गरिने घर्तीमगर बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *