भण्डारीको उपन्यास `बोरा´ कतारमा विमोचन तथा विमर्श

आदर्श सञ्चार, दोहा

पत्रकार तथा लेखक अखण्ड भण्डारीको उपन्यास `बोरा´ को कतारमा विमोचन तथा विमर्श गरिएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा आइतबार राती एक कार्यक्रमका बीच भण्डारीको उपन्यास `बोरा´को बिमोचन गरिएको हो।

विमोचन कार्यक्रममा बोल्दै लेखक भण्डारीले नेपाली समाजमा पछिल्लो समय वैदेशिक रोजगारीले अभिवाक र सन्तान टाढा भएको तथा सन्तानहरु बुबा आमाको हेरचाह गर्नुपर्ने दायित्वबाट पन्छिएको विकराल समस्याको चित्रण गरेको बताउनुभयो । भण्डारीले वास्तविक घटेको घटनालाई पात्र र परिवेश बदलेर उपन्यासको ढाचा दिइएको बताउनुभयो । उहाँले आफ्नै छोरा बुहारीले बृद्ध आमालाई बोरामा राखेर खोला किनारमा छोडेको वास्तविक घटना बाट उपन्यास प्रेरित रहेको बताउनुभयो । साथै भण्डारीले आफुले देशको विभिन्न ठाउँ परिवेशका घटना समेटेर उपन्यासको रुप दिएको भन्दै उपन्यास पढेर सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

पुस्तकको चर्चा गर्दे लेखक तथा बिश्लेशक सुरेश भट्ट आश्रीनले नेपाली समाजमा पछिल्लो समय देखिएको पारिवारिक बिचलन संगै एउटी महिलाले आफनै श्रीमान बाट श्रीमतीको रुपमा तथा छोरा/बुहारी बाट आमाको भुमिकामा भोग्नुपरेको दु:खलाई जस्ताको त्यस्तै उतारिएको बताउनुभयो । भट्टले उपन्यास काल्पनिक भन्दा पनि समाजको यतार्थ ब्यथालाई निकै मेहनत गरेर शब्दमा बुनिएकोले उपन्यास थप सशक्त र पठनिए बन्न सकेको बताउनुभयो । उहाँले बिशेष त प्रवासी आफ्नो घरपरिवार बाट टाढा भएकोले पारिवारिक बेमेलको घटना बढ्दै गएको भन्दै सबैले एकपटक पुस्तक पढनुपर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता भएको कार्यक्रममा एन आर एन अभियान्ता, कतारमा स्थापित संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, साहित्यकार एवं पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष दिलकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

एन सि सि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण एन सि सि कतारका सचीव एवं साहित्य तथा प्रकाशन विभाग संयोजक सन्तोष क्षत्रीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *