आदिवासी जनजाति युवा महासंघ बागलुङको अध्यक्षमा थापा

आदर्श सञ्चार, बागलुङ
आदिवासी जनजाति युवा महासंघ नेपाल बागलुङको अध्यक्षमा ओमबहादुर थापा चयन हुनु भएको छ । बुधबार बागलुङमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा टीका रोका, सचिवमा यामदिप पुन, सहसचिवमा मनिष गुरूङ, कोषाध्यक्षमा सोनी पुन चयन हुनु भएको छ ।

कार्यसमिति सदस्यहरू तारा पुन, नम्रता रोका मगर, रञ्जिता रोका मगर, सुवास बाबु घर्ती, कमल थापा, याम पुन र तारा पुन चयन हुनु भएको छ ।

कार्यक्रममा बोल्दै आदिवासी जनजाति युवा महासंघ नेपाल केन्द्रीय संघीय परिषद सदस्य चित्रकला छन्त्याल श्रीसले जनजातिका हक अधिकारका लागि युवाहरु लाग्नु पर्नेमा जोड दिनुभयो । देशमा आएका हरेक परिवर्तनमा जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै जनतातिका मुद्धाहरुलाई स्थिापित गर्न युवाहरु एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रम आदिवासी जनजाति युवा महासंघ नेपाल बागलुङका अध्यक्ष किशोर थापा छन्त्यालको अध्यक्षता र सचिव मन बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *