एमालेको तेस्रो बैठक सम्पन्न : जरा केन्द्रित अभियानलाई वडा तहमा पु¥याइने


आदर्श सञ्चार, बागलुङ
नेकपा एमाले जिल्ला कमिटिको तेस्रो पूर्ण बैठक बुधबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले नेकपा एमालको जरा केन्द्रित अभियानलाई वडा तहमै पु¥याउनुपर्ने बताउनुभएको छ ।

उहाँले एमालको सरकारले गरेको विकास निर्माण र एमाले प्रतिको घेराबन्दी चिर्न जरा अभियानलाई प्रभावकारी बनाउन बैठकमा निर्देशन दिनुभएको थियो ।

उहाँले पार्टीको विचारलाई जनताकोमा लैजान आवश्यक रहेको बताउदै नेपालको स्थायीत्वका बिरुद्धमा चलेको भ्रमलाई चिर्न आवश्यक रहेको बताउनुभयो । गुरुङले नेपालमा भइरहेको वकासको विषयमा जनतालाई स्पष्ट पार्न जनताको घरदैलोमै पुग्नुपर्ने बताउनुभयो ।
यस्तै गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माले बामपन्थीको गढ बागलुङ रहेको स्मरण गर्नुभयो । उहाँले कार्यकर्ता र जनताको भावना अनुरुप संगठनात्मक रुपमा अघि बढाउन निर्देशन दिनुभएको थियो । उहाँले नेकपा एमालेको एजेन्डालाई स्थापित गर्ने र समृद्धि नेपालको सपनालाई मूर्त रुप दिन अवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा २८ जना जिल्ला कमिटिका सदस्यले रचनात्मक सुझाव राख्नुभएको थियो । एमालेका सचिव गणेश थापाका अनुसार अहिलेको बैठक अन्तरक्रिर्यात्मक र सदस्य केन्द्रित भएको बताउनुभयो ।

थापाको अनुसार बैठकमा १० पालिकाको अधिवेशन, ६८ वटा वडा अधिवेशन सम्पन्न भइसकेको, जनसंगठन अन्तर्गत अनेमसंघ, पेशागत महासंघ, पिपिएलए, प्रेस चौतारी, अनेरास्वयिुको आयोजक कमिटि, लोकतान्तिक आदिवासी जनजाती महासंघ, मुक्ति समाज लगायतको अधिवेशन तथा नयाँ नेतृत्व चयन भइसकेको जानकारी गराइएको थियो ।

वडाको जरा केन्द्रित अभियानालई अघि बढाउन बैठक केन्द्रित भएको सचिव थापाको भनाई छ । कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा केसीको अध्यक्षता, उपाध्यक्ष विष्णु भुषालको स्वागत तथा सचिव गणेश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *