आदर्श सञ्चार, बागलुङ
जनकल्यण आधारभूत विद्यालय काठेखोला गाउँपालिका–७ रेशको ४८ औं वार्षिकोत्सव मनाइएको छ । मुलसमारोहको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गोविन्द बहादुर नेपालीले प्रविधियुक्त व्यवहारिक शिक्षाका लागि जनकल्याण आधारभूत विद्यालय उदाहरणीय भएको बताउनुभयो ।
उहाँले विद्यालयले चिया खेती, चियाका विरुवा उत्पादन गरेर अन्य विद्यालयलाई समेत व्यवहारिक शिक्षाको उदाहरण दिएकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालयको जग्गामा उत्पादन भएको चिया बजारीकरण तर्फ उन्मुख हुनुले पढ्दै कमाउदै कार्यक्रमलाई सार्थकता दिएको नेपालीले बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछाने, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य लालबहादुर थापा, रेश नुन्थला माध्यामिक विद्यालयका प्रधानध्यापक ओम बहादुर थापा, पूर्व प्रधानध्यापक थम्मन बहादुर जिसी, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अन्जु), विष्णुप्रसाद शर्मा, रामचन्द्र गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व शिक्षक विष्णु प्रसाद गौतमको परिवारले स्वर्गीय पिता कृष्ण प्रसाद गौतम र चुडा कुमारी गौतमको स्मृतिमा स्थापना स्मृतिकोष र जिल्ला सहकारी संघका अध्यक्ष तथा आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसीले स्वर्गीय भाञ्जा विधान कार्कीको सम्झनामा स्थापना गरेको कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोषाक वितरण गरिएको थियो । कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष डम्मर बहादुर थापाको अध्यक्षता तथा प्रतिवेदन प्रधानाध्यापक लक्ष्मण थापाले प्रस्तुत गर्नुभएको थियो भने टिका थापाले सञ्चालन गर्नुभएको थियो ।
जनकल्याण आधारभूत विद्यालयको ४८ औं वार्षिकोत्सव
