आदर्श सञ्चार बागलुङ
नेकपा एमालेले अघि सारेको वडा–केन्द्रित पार्टी निर्माण (जरा अभियान) को शुभारम्भ कार्यक्रमलाई एमालेका महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुनेभएको छ ।
एमाले बागलुङको जरा केन्द्रित जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमलाई महासचिव पोखरेले यही फागुन २२ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मना केसीले जानकारी दिनुभयो ।
बागलुङ बजारमा आयोजना गरिने जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रमपछि जरा केन्द्रित कार्यक्रमलाई वडा हुँदै टोल तहमै पुु¥याइने केसीले बताउनुभयो । पूर्व सञ्चारमन्त्री तथा लुम्बीनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले बागलुङको जरा केन्द्रित अभियानलाई शुभारम्भ गर्नुहुनेछ ।
वडा र टोल तहमै पार्टीका गतिविधिलाई अगाडि बढाउदै चैत सम्म पार्टी सदस्यतालाई दोब्बर बनाउने एमाले बागलुङले जनाएको छ ।
बागलुङ बजारमा जिल्ला स्तरीय अन्तरक्रिर्या कार्यक्रम पश्चात १० स्थानीय तहमा पालिका स्तरिय अभिमुखीकरण कार्यक्रम, फागुन मसान्त भित्र वडास्तरीय अभिमुखीकरण र चैत मसान्त भित्र टोल सम्म अभुमुखीकरण कार्यक्रम गर्ने छ ।