पाथीभरामा केवलकार संस्कृति माथीको प्रहार


आदर्श सञ्चार, बागलुङ
ताप्लेजुङको पाथीभरामा केवलकार बनाउनु सस्कृति माथीको प्रहार भएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद बागलुङले जनाएको छ ।

आज बागलुङमा आयोजित पत्रकार सम्मेलनमा ताप्लेजुङमा निर्माण गर्न लागिएको केवलकार वातावरण र संस्कृति विरोधी काम भएको ठहर गर्दै सरकारकाले केवलकारकार निर्माण कार्य फिर्ता गर्न माग गरिएको छ । विकासको नाममा किराँत संस्कृतिको परम्परा माथी हस्तक्षेप भएको बताउदै केवलकारको नाममा धावा बोलिएको र विकासको नाउँमा बिनास गर्न लागिएको आरोप लगाएको हो ।

अध्यक्ष बोमबहादुर गुरुङद्वारा जारी गरिएको विज्ञप्तीमा पनि ऐतिहासक मुन्धुमीस्थल मुकुमलुङ क्षेत्रलाई एक व्यापारीको हातमा पु¥याउन नहुँने बताइएको छ । जबरजस्ती केवलकार निर्माण थाले थप आन्दोलन गर्ने चेतावनी दिएको छ । धार्मिक क्षेत्र भएपनि विकासको नाउँमा केवलकार लैजानु संस्कृति र प्रकृसत माथीको प्रहार भएको गुरुङले बताउनुभयो । उहाँले हाइ अल्टिच्युटका कारण केवलकारमा पुग्ने मानिसको श्वासप्रश्वासमा समस्या हुने, मृत्यु समेत हुन सक्ने र केवलकार निर्माण गर्दा हिमाली क्षेत्रमा फुल्ने लालीगुराँसलगायत वनस्पति नष्ट हुने भएकोले स्थानीयले विरोध गरेकोमा राज्यले जबरजस्ती गरेकोले बिरोध गरिएको बताइएको छ ।

“भारतको केदारनाथ जस्ता स्थानमा पूर्वाधार बिनै धार्मिक गन्तव्य बनिरहेको छ, मुन्धुम संस्कृतिको प्रहार सह्य छैन, राज्यले विकासनै खोजेको भए अन्य पूर्वाधार निर्माण गर्न सक्छ, पाथीभरामै केवलकार बनाउन आवश्यक छैन” गुरुङले भन्नुभयो, “केवलकार हालेर प्रकृति र संस्कृतिमाथीको हस्तक्षेप बन्द गर्न आवश्यक छ, सरकारले छिटो भन्दा छिटो केवलकार कनाउन रोक लगाउनुपर्छ ।” पछिल्लो समय राज्यले आदिवासी जनजातीको संस्कार, संस्कृति र परम्परा विरोधी गतिविधि गरेको समेत परिषदले टिप्पणी गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *