आदर्श सञ्चार, बागलुङ
एनप्याब्सनको नेतृत्वमा बागलुङबाट चारजना पुगेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को सम्पन्न ८औँ राष्ट्रिय महाधिवेशनले सचिवमा फ्युचर ब्राइटर आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल बालकृष्ण शर्मा, केन्द्रीय सदस्यमा न्यू ओऐसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपाने, गण्डकी प्रदेश उपाध्यक्षमा गुराँस विद्या सदनका प्रिन्सिपल निशान खडका, गण्डकी प्रदेशको सहसचिवमा सुरेन्द्र शाक्य, सदस्यमा आदर्श विद्यामन्दिरको प्रिन्सिपल भुपेन्द्र केसी सर्वसम्मत चयन भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को अध्यक्षमा सुवाश न्यौपाने सर्वसम्मत चयन हुनु भएको गण्डकी प्रदेश उपाध्यक्षमा निशान खडकाले जानकारी दिनुभयो ।