रामरेखामा उद्घोषण तथा भाषणकला तालिम


आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिका–१ वडा कार्यालययको आयोजनामा एक दिने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ ।

लेखन नेपाल मिडियाको सहजीकरणमा आयोजित तालिमको उद्घाटनपछि बोल्दै बागलुङ नगरपालिका–१ रामरेखाका वडा अध्यक्ष जय बहादुर केसीले स्थानीयस्तरमा नेतृत्वका लागि महिलालाई सक्षम बनाउन तालिम जरूरी रहेको बताउनुभयो ।

तालिममा पत्रकार बिजय रानाले नेतृत्व विकास, पत्रकार संगम घर्तीमगर र डम्मर बुढा मगरले उद्घोषण तथा भाषणकला र पत्रकार सुवास गौतमले समाचार लेखनको विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिममा रामरेखाभरका ४० बढी महिलाहरूको सहभागीता रहेको थियो । सहभागीको तर्फबाट तालिमको उपयोगिताको विषयमा कमला काउचा र रेखा जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम लेखन नेपाल प्रालिका अध्यक्ष विजय रानाको अध्यक्षता, पत्रकार नवराज परियारको सन्चालन तथा वडा सदस्य शान्तिदेवी शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *