आदर्श सञ्चार, कास्की
कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले सहकारी मार्फत समृद्धि हासिल गर्ने दिशामा पालिका अघि बढीरहेको बताउनु भएको छ । सहकारीलाई उत्पादन, प्रशोधन र बजारीकरण मार्फत जनताको जीवनस्तर परिवर्तनमा क्रियाशिल बनाउनु पर्नेमा उहाँले पर्नेमा जोड दिनुभयो ।
सहकारी रजिष्ट्रारको कार्यालय कास्की पोखराले अन्नपूर्ण गाउँपालिकाका कृषि सहकारीहरुका लागि आयोजना गरेको तालिम समापनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनु भयो हो ।
बाँझो जमिन उपयोग गरी उत्पादन बढाउन र युवालाई कृषि कर्ममा आकर्षित गरी विदेश पलायन रोक्नतर्फ पालिका लागेको छ, अध्यक्ष केसीले भन्नुभयो,– ‘पालिकाको अभियानलाई सहयोग पुग्ने गरी सहकारीहरुलाई योजना तथा कार्यक्रम बनाएर उत्पादनमा केन्द्रीत हुन आव्हान गर्दछु ।’ उत्पादनमा क्रियाशिल सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता अध्यक्ष केसीले गर्नु भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले कृषि प्रधान मुलुक बाँझो देश हुन लागेकोमा चिन्ता ब्यक्त गर्दै पालिकाले कृषि उत्पादन, दूग्ध उत्पादन र फलफूल तथा तरकारी उत्पादनमा कृषकलाई प्रोत्साहित गरिरहेको बताउनुभयो ।
गण्डकी प्रदेश कृषि सहकारी संघका अध्यक्ष रामजीप्रसाद अधिकारीले कृषकले उत्पादन गरेको बस्तुको प्रवर्धन र मूल्य निर्धारण पालिकाबाट हुनुपर्ने बताउनुभयो । कृषि सहकारी संघकी अध्यक्ष मीरा अधिकारीले तालिम उपलब्धिमूलक भएको र सहकारीका हरेक गतिविधि कृषकसँग जोडिनुपर्नेमा जोड दिनुभयो ।
सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि व्यवसाय प्रवर्धन तथा तालिम केन्द्रका कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, सहकारी रजिष्ट्रारको कार्यालयका शाखा अधिकृत ईश्वरी ढकाल र शाखा अधिकृत चोलाकान्त वाग्लेले कार्यपत्र प्रस्तुती गर्नु भएको थियो । तलिममा कृषि उत्पादन प्रवर्धन र बजारीकरण, ऋण लगानी तथा ऋण असुली, कोष व्यवस्थापन, सहकारीका सञ्चालकको भूमिका, सहकारी कानुन लगायतका विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
तालिमको समन्वय अन्नपूर्ण गाउँपालिका, गण्डकी प्रदेश कृषि सहकारी संघ र जिल्ला सहकारी संघ कास्कीले गरेको रजिष्ट्रार कार्यालय पोखराका शाखा अधिकृत इश्वरी ढकालले जानकारी दिनुभयो ।