आदर्श सञ्चार, बागलुङ
मिर्गी रोगबाट पीडित सुवेक्षा खत्रीको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर ७ निवासी सागर खत्रीकी ४ वर्षिया छोरी सुवेक्षा पछिल्लो २ वर्षदेखि ‘मिर्गी’ रोपबाट पीडित छिन् ।
२०७९ फागुनमा उच्च ज्वरो आएपछि धौलागिरी अस्पताल, मणिपाल शिक्षण अस्पताल हुँदै भारतको दिल्ली स्थित गङ्गाराम हस्पिटलमा पुर्याएकी सुवेक्षाको करिब १ वर्ष पछि रोग पक्ता लागेको थियो । २ वर्षसम्म विभिन्न चेकजाँच र औषधी उपचारमा सागरको परिवारले ५० लाख रुपैयाँ भन्दा बढी खर्च गरिसेको छ ।
सागरको परिवारले सुवेक्षालाई विभिन्न थेरापीसँगै स्वास्थ्यकर्मीको सल्लाह अनुसार डाइट र औषधी उपचार गरिरहेको भएपनि मुख्य औषधी बेलायतबाट मगाउनु पर्ने भएकाले थप उपचारमा समस्या देखिएको भन्दै सहयोग अपिल गरेको हो ।
बागलुङ बजारकै नीजि विद्यालयमा शिक्षकको रुपमा काम गर्दै आएका सागरले छोरीको उपचारको लागि आर्थिक रुपमा समस्या देखिन थालेपछि सबैसँग सहयोग माग्नु पर्ने अवस्थामा आइपुगेको बताउनु भयो । बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरेर सुवेक्षा खत्री उपचार सहयोग अभियान थालनी गरिएको अभियानका संयोजक नेत्रलाल न्यौपानेले जानकारी दिनुभयो ।
समितिको सदस्यमा जीवन रोका, निशान खड्का, कृष्ण अधिकारी र सुवेक्षाका बाबा सागर खत्री रहनु भएको छ ।
सहयोग रकम संकलनका लागि ग्लोबल आइएमई बैंक बागलुङ शाखामा सागर खत्रीको नाममा खता खोलिएको छ । ०१२०७०१०२३१३९८ नम्बरको खातामा सहयोग रकम उपलब्ध गराउन सकिने संयोजक न्यौपानेले जानकारी दिनुभयो ।