आदर्श सञ्चार, बागलुङ
नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न १३ औँ जिल्ला अधिवेशनले भट्टराईको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्य समिति चयन जिल्ला अध्यक्ष गंगा कुमारी शर्माले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा इन्द्रा खड्का, उमानन्द रेग्मी, सचिवमा विक्रम शर्मा, कोषाध्यक्षमा नारायण पौडेल, सह–सचिवमा हिमाली पौडेल सुवेदी, सहकोषाध्यक्षमा देवी सिंजाली र सदस्यमा रामेश्वर पाण्डे, होमनाथ गौतम, लेखनाथ पौडेल, मिलन थापा, दिननाथ चालिसे, पवन गौतम, नरिश्वर पाण्डे, विवराज गैरे, रिमप्रसाद पौडेल, हिराबहादुर छन्त्याल, माया पाण्डे आचार्य, सीता कुमारी सुवेदी, शान्ति भण्डारी, दिपक केसी, चन्द्रबहादुर खड्का, ढालमणी भण्डारी, सोमनाथ शर्मा, टिकादेवी शर्मा, मनबहादुर श्रीष, भविलाल बुढा चयन हुनु भएको छ । त्यसैगरी लेखा समिति संयोजक कृपा पौडेल र सदस्यहरुमा आनान्दराज गौतम चयन हुनु भएको ।
त्यसैगरी राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा गंगाकुमारी शर्मा, ओमबहादुर थापा, दिनेश अधिकारी र बालकृष्ण सापकोटा चयन हुनु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको अध्यक्षमा कृष्ण प्रसाद भट्टराई
