बलेवाको अमलाचौरमा आगलागी

फाइल फोटो

आदर्श सञ्चार, बागलुङ
बागलुङको अमलाचौरमा आगलागीले दुई घर जलेका छन् । बागलुङ नगरपालिका–१२ अमलाचौरको पात्लेखेत गाउँका दुई घर आगलागीमा परेका हुन् । जंगलबाट सुरुभएको आगो गाउँ पस्दा पात्ले खेतका निलप्रसाद रेग्मी र डण्डपाणी रेग्मीका घर जलेका छन् । निलप्रसादको घर सबै जलेको भएपनि डण्डपाणीको घर जल्दा जल्दै स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

निलप्रसादको घरमा रहेका लत्ता कपडा, खाद्यान्न, नगद लगायत सबै संरचना आगोले खरानी पारेको पूर्व वडा सदस्य रुद्र पुलामीले बताउनु भयो । आगलागीका कारण भएको क्षतीको बिबरण संकलन भैसकेको छैन् । घटनास्थलमा प्रहरी नपुगेको उहाँले बताउनु भयो । दिउँसो १ बजेदेखि जंगलमा सुरुभएको आगो तीनबजे बस्ति पसेको थियो । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको सिमानामा रहेको जंगल क्षेत्रबाट सुरुभएको आगलागी चारैतर्फ फैलिएको छ । आगो निरन्तर चारै तिरका बस्ति तर्फ फैलिएकाले जोखिम कायम रहेको उहाँले बताउनु भयो । अहिलेसम्म आगलागीका कारण मानविय तथा पशुधनको क्षती भने भएको छैन् ।

“गाउँमा जनशक्ति कम छ, भएका बुढाबुढी र केटाकेटी घरमै आगो आईसक्दा समेत निभाउन सक्ने हुनुहुन्न” पुलामीले भन्नुभयो “नजिकमा प्रहरी नहुँदा क्षती ठुलो व्यहोर्नु परेको छ ।” बर्षा याममा समेत नकाटिएको घाँस सुकेर बसेको, जंगलमा कुहिएका काठ तथा पतिंगर हरुका कारणले पनि आगोले ठुलो रुप लिएको उहाँले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *