गलकोट बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा साहनी निर्वाचित


आदर्श सञ्चार, बागलुङ
गलकोट बहुमुखी क्याम्पस बागलुङको स्ववियु अध्यक्षमा अनेरास्ववियु (क्रान्तिकारी) का प्रभात साहनी निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न स्वतन्त्र विद्यार्र्थी युनियन (स्ववियु) गलकोट बहुमुखी क्याम्पसको अध्यक्षमा साहनी ९९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

साहनीले उहाँका प्रतिस्पर्धी संयुक्त प्यानलका रेनुका परियारलाई ४१ मतले पछाडी पार्दै ९९ मत लिएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी परियारले ५८ मत ल्याउनुभएको थियो ।

अध्यक्षमा निर्वाचित साहनी माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) बाट अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो । भने परियार कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ), एमाले निकट (अनेरास्ववियु) र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंको गठबन्धनबाट अध्यक्षमा उम्मेदवार बन्नुभएको थियो ।

त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) बाट सचिवमा पवन विकले ८५ मत, कोषाध्यक्ष स्मृती बुढाथोकीले ८९ मत लिएर विजयी हुनुभएको छ । त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) बाट सदस्यमा अजय केसीले ८२ मत, प्रमिला विकले ८८ मत र निकीता साहनीले ९० मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत चुडामणी शर्माले जानकारी दिनुभयो ।

त्यस्तै समानुपातिक तर्फ अनेरास्ववियु (क्रान्तिकारी)ले ८३ मत प्राप्त गरी विजयी भएको छ । भने नेवि संघले ५१ मत, अनेरास्ववियुले ४ मत र अखिल छैठौले १३ मत प्राप्त गरेका छन् । समानुपातिक तर्फ अखिल क्रान्तिकारीको ३ वटा र नेवि संघबाट २ वटा सदस्य रहने जनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *