मन कुमारी केसी, बागलुङ
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले दुध जन्य पदार्थको उत्पादन र विक्रि वितरणमा बागलुङ जिल्लालाई आत्मनिर्भर बनाउन दुग्ध उत्पादक सहकारी संघको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघले कर्मचारीका लागि आयोजना गरेको ५ दिने दुग्ध जन्य पदार्थ उत्पादन तथा प्रशोधन सम्बन्धी तालिमको समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सदरमुकाम बासीलाई गुणस्तरीय दुध र दुधजन्य पदार्थ उपभोगको वातावरण मिलाएको संघले जिल्लाको पश्चिम र दक्षिण भेगलाई पनि समेटन आग्रह गर्नु भएको थियो । उहाँले संघले आयोजना गरेको तालिम पश्चात थप गुणस्तरमा वृद्धि हुने बताउनु भयो ।
तालिमको समापन समारोहमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटा, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा, प्रशिक्षक पशु विज्ञ डाक्टर अपार पौडेल, सहभागिका तर्फबाट संघका प्रबन्धक रामचन्द्र सापकोटाले बोल्नु भएको थियो ।
५ दिनसम्म सञ्चालित तालिममा दुधको गुणस्तर वृद्धि, पुष्टकारी, गुदपाक, पेडा र वर्फी बनाउने संघले तयार गर्दै आएको नौनी, पनिर, दही र घ्यूको गुणस्तर वृद्धि लगाएतका विषमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षक डाक्टर अपार पौडेलले संघका १७ जना कर्मचारीलाई प्रशिक्षित गर्नु भएको थियो ।