आदर्श सञ्चार, म्याग्दी
धवलागिरी गाउँपालिका भित्रका हिंसा पीडित महिलाहरुलाई एक दिने मनोपरामर्श तथा उत्प्रेरणा प्रदान गरिएको छ ।
सात वटै वडाका हिंसा पीडित महिलाहरुको सहभागितामा मनोपरामर्श तथा उत्प्रेरणा दिइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख पुष्पा दवाडीले जानकारी दिनुभयो ।
हिंसाबाट पीडित महिलाहरुलाई सुरक्षित जीवन जिउनका लागि उत्प्रेरणा गर्ने उद्देश्यले बुधवार एकदिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हिंसाका प्रकार, हिंसा कसरी हुन्छ, हिंसा के लाई मान्ने लगायतका विषयमा सहजीकरण गरिएको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका असइ विक्रम तिवारीले हिंसा र कानुनी उपचार लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
‘न्यायिक समिति लगायत अन्य कानुनी निकायमा उजुरी नपर्ने तर गाउँघरमा हिंसाका घटनाहरु भइरहेको पाइयो, महिला बालकालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख दवाडीले भन्नुभयो,–‘हिंसाका बारेमा सचेत बनाउन तथा हिंसालाई न्यूनिकरण गर्न परामर्श गरेका हौ ।’