सन्दर्भ ६८ औं सहकारी दिवस : बागलुङमा साताव्यापी कार्यक्रम तय

आदर्श सञ्चार, बागलुङ
बागलुङमा ६८ औं सहकारी दिवस भव्यताका साथ मनाइने भएको छ । वि.सं. २०१३ साल चैत्र २० गतेका दिन चितवन बखानपुर सहकारी समितिको स्थापना भएको दिनलाई नेपालभर राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिएको छ । राष्ट्रिय सहकारी दिवस बागलुङमा साप्ताहिक रुपमा विविध कार्यक्रम गरी मनाउन लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

नेपालको सहकारी अभियानको शुरुवात भएको ऐतिहासिक दिनको स्मरण गर्दै संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई विशेष महत्व दिंदै जिल्ला सहकारी संघ लिमिटेड बागलुङ ले जिल्लास्थित विषयगत संघहरु, प्रारम्भिक सस्थाहरु राष्ट्रिय सहकारी वैंक र अन्य सरोकारवाला निकायसंगको सहभागितामा १ हजार १ सदस्यीय मुल समारोह समिति गठन गरी जिल्लाव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

मुल समारोह चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाइने छ । राष्ट्रिय सहकारी महासंघले मर्यादित सहकारीः समुन्नत समाज भन्ने मुल थिम तय भएको सन्दर्भमा हाम्रो बागलुङ जिल्लामा रहेका सहकारी संघ संस्थाहरुले सोही थिमलाई आफ्नो व्यानर, प्रकाशन सामग्रीहरु लगायतमा वर्षभरी राखी सहकारीको महत्वलाई थप बोध हुने वातावरण सिर्जना गर्न गराउन हुन समेत पत्रकार सम्मलेन मार्फत आग्रह गरिएको छ ।

६८ औं राष्ट्रिय सहकारी दिवस स्थानीय तहमा सप्ताहव्यापी रुपमा मनाउन जिल्ला सहकारी संघले आव्हान गरेको छ । यस वर्ष जिल्ला सहकारी संघ लिमिटेडले ‘भेटौं सदस्य’ कार्यक्रमलाई महत्व दिंदै सबै स्थानीय तहमा आफ्ना सदस्य संस्थाहरुलाई भेटघाट गर्ने निर्णय गरेको छ ।

संंघले चैत्र सात गते जिल्ला सहकारी संघको सञ्चालक समितिको बैठक, ८ गते ६८ औं सहकारी दिवस मनाउने सन्दर्भमा जिल्ला स्थित विषयगत संघहरु संगको संयुक्त वैठक, ८ गते नै पत्रकार सम्मलेन, १४ गते पोखरामा समिक्षा कार्यक्रम, चैत्र १५ देखि १९ गते सम्म १० वटा स्थानीय तहमा सदस्य भेटघाट÷ स्थानीय निकाय संग समन्वय र ¥याली तथा मुख्य समारोह चैत्र २० गते आयोजना गरिने छ ।

पत्रकार सम्मलेनमा पत्रकार प्रकाश बराल, नारायण रिजाल र संगम घर्तीमगर लगायतले जिज्ञासा राख्नुभएको थियो । संघका सल्लाहकार राम बहादुर जिसीले सहकारी दिवसलाई सदस्यसंगको अन्तरसम्वादका रुपमा मनाउनुका साथै सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो । कर्यक्रम सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता र सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *