आदर्श सञ्चार, बागलुङ
धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङको २९ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका सल्लाहकार कृष्णराज शर्माले संस्थाको दीगोपनाका लागि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
गैर सरकारी संस्थाले धेरै क्षेत्रमा सरकारसँग सहकार्य गरेर काम गरेको उहाँको भनाइ छ । हरेक गैर सरकारी संस्थाको उद्देश्य समाज रुपान्तरण गर्ने भएको भन्दै धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रले पनि सोही अनुसार काम गरेको शर्माले बताउनुभयो ।
कार्यक्रममा गैरसरकारी महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, संस्थाका सल्लाहकार डा. सुदर्शन सिलवाल, संस्थाका सधारण सदस्य चन्द्रमणी उपाध्यय, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेका कामु प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका सचिव भिमशेन पन्तले प्रगती प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता किसानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा ज्ञानेन्द्र प्रसाद गौतम र जेष्ठ सदस्य ७० वर्षीय राम बहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा धौलागिरी सामुदायिक श्रोत विकास केन्द्र बागलुङकी अध्यक्ष सृजना थापाको अध्यक्षता, उपाध्यक्ष प्रकाश पौडेलको स्वागत र संस्थाका सचिव भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।