आदर्श सञ्चार, बागलुङ
ढाेरपाटन नगरपालिका-४ भाङ्गीका अग्नी पीडित नरेश बुढाको परिवारलाई लायन्स क्लब अफ ढोरपाटन र नेपाल रेडक्रस सोसाइटी उपशाखा बुर्तिबाङले राहात हस्तान्त्रण गरिएको छ । क्लबले शनिबार दिउँसो आगलागीबाट घर जलेर नस्ट हुँदा समस्यामा परेकाे बुढाकाे परिवारलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा उपलब्ध गराइएको लायन्स क्लब अफ ढोरपाटनका
अध्यक्ष छविलाल पाण्डेले बताउनुभयो ।
नागरिकको समस्या साम्रथ दिँदै आएको लायन्स क्लबले आगलागीबाट पीडित बनेका परिवारलाई पुर्याउनका लागि सहयाेग गरेकाे उहाँकाे भनाइ छ । ढोरपाटन नगरपालिका-४ का अध्यक्ष तिलक पुनकाे उपस्थितिमा नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङले समेत म्याट, भाँडाकुँडा सहितका सामाग्रि उपलब्ध गराएको हो ।
नागरिकलाई दुख र समस्या पर्दा लायन्स क्लब र रेडक्रस सोसाईटीले गरेको सहयोग र सद्भाव महत्वपूर्ण रहेको बताउँदै राज्यबाट दिने सेवा सुविधाका निम्ती आफुले पहल गर्ने वडा अध्यक्ष पुनले बताउनुभयो । कार्यक्रममा लायन्स क्बल अफ ढोरपाटनका पदाधिकारी, जनप्रतिनिधी, प्रहरी, स्थानीय बासिन्दा लगाएतको सहभागिता रहेकाे थियाे।