आदर्श सञ्चार, बागलुङ
आदर्श सञ्चारका सह–सम्पादक सिर्जना पन्त प्रेस चौतारी नेपालको केन्द्रीय सदस्यमा चयन हुनु भएको छ । सोमबार विराटनगरमा सम्पन्न १० औँ महाधिवेशनबाट पन्त सदस्यमा चयन हुनु भएको हो । प्रेस चौतारी नेपाल बागलुङकी निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
आदर्श सञ्चारका म्याग्दी संवाददाता अमृत बास्कुने नीति अनुसन्धान आयोगको सदस्यमा चयन हुनु भएको छ । त्यसै बागलुङका पत्रकार तारानाथ आचार्य पनि केन्द्रीय सदस्यमा चयन हुनु भएको छ ।
यस अगाडि पनि केन्द्र्रीय सदस्यसहित बागलुङ जिल्ला इन्चार्ज रहनु भएका आचार्य दोस्रो कार्याकालका लागि सदस्यमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
बागलुङबाटै उमकान्त शर्मा पनि नीति अनुसन्धान आयोगको सदस्यमा चयन हुनु भएको छ ।