सिपयुक्त जनशक्ति निर्माणका लागि तालिम


आदर्श सञ्चार, बागलुङ

सिपको अभावमा नागरिकहरु आत्मनिर्भर बन्न नसक्ने भएकोले सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि बेनीमा तीन महिने सिप मुलक तालिम शुरु भएको छ ।

व्यवसायीक तथा सिप विकास तालिम केन्द्र पर्वतको आयोजनामा आयोजना भएको प्लम्बीङ तथा मन्टेश्वरी तालिम आयोजना गरीएको हो । कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार आयोजित तालिममा ४० जनाको सहभागिता रहेको केन्द्रका प्रमुख मोहनचन्द्र सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकका प्रमुख सुरत केसीले सिप भयो भने धेरै अवसरही सृजना हुने भएकाले नागरिकलाई सिप युक्त बनाउनका लागि तालिम आयोजना भएको बताउनुभयो । उहाँले ग्रामिण भेकमा प्लम्बरको आवश्यकता पर्दा बजार देखि बोलाएर लैजादा समय र पैसा धेरै खर्च हुने भएकोले पनि अहिलेको तालिम पछि ग्रामिण भेकका नागरिकको समय तथा पैसा बचत हुने र सिकेका व्यक्तिहरुले तत्कालै कमाउन सक्ने बताउनु भयो ।

व्यवसायीक तथा सिप विकास तालिम केन्द्र पर्वतका लेखा अधिकृत नेत्रप्रसाद रेग्मीको स्वागत कार्यालय प्रमुख मोहनचन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका लक्ष्मण पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख अर्जुन शर्माले मन्तव्य राख्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *