बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन : ७४० मत खस्यो


आदर्श सञ्चार, बागलुङ
बागलुङ उद्योग वाणिज्य सङ्घको १९औँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका अहिले मतदान भइरहेको छ ।

शनिबार दिउँसो तीन बजे सम्म ७४० जना उद्यमीले मतदान गरिसकेको प्रमुख निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–२ स्थित बालमन्दिर आधारभूत विद्यालयको प्राङ्गणको मतदान केन्द्रमा मतदान भइरहेको छ ।

१९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई उद्योग, तीन महिला सदस्य र १३ खुल्ला सदस्य चयन गर्नका लागि विहान ८ बजेदेखि मतदान शुरु भएको थियो ।

बागलुङको विभिन्न पालिकाहरुबाट आएका एक हजार चार सय १६ मतदाताले नयाँ नेतृत्व चयनका लागि मतदान मतदानमा सहभागी भइरहेका छन् ।

बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि राजन कुमार शाक्य र उमाकान्त शर्माको दुई प्यानल चुनावी मैदानमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *