आदर्श सञ्चार, म्याग्दी
पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै म्याग्दीका पत्रकारहरुले विरोध गरेका छन् ।
हिजो शुक्रबार राजावादीहरुको अराजक समुहले काठमाण्डौंमा आन्दोलनका क्रममा गरेको आगजनीमा परेर पत्रकार रजकको हत्या भएको पत्रकार महासंघ म्याग्दीको भनाइ छ । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको कार्यक्रमलाई स्थगित गरेर विरेन्द्र चोकमा पत्रकार महासंघ म्याग्दीले विरोध कार्यक्रम आयोजना गरेको थियो ।
विरोध सभामा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पत्रकारको हत्या निन्दनीय भएकोले दोषी कार्वाही बाट उम्कन नहुने बताउनुभयो ।
आन्दोलनमा मारिएका पत्रकारको न्याय र दोषीलाई कार्वाहीको माग गर्दै केन्द्रीय कार्यक्रम अन्तरगत जिल्लामा विरोध सभा आयोजना गरिएको सचिव ठाकुरप्रसाद आचार्यले जानकारी गराउनु भएको थियोे ।
पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै म्याग्दीका पत्रकारहरुले विरोध गरेका छन् । हिजो शुक्रबार राजावादीहरुको अराजक समुहले काठमाण्डौंमा आन्दोलनका क्रममा गरेको आगजनीमा परेर पत्रकार रजकको हत्या भएको पत्रकार महासंघ म्याग्दीको भनाइ छ । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको कार्यक्रमलाई स्थगित गरेर विरेन्द्र चोकमा पत्रकार महासंघ म्याग्दीले विरोध कार्यक्रम आयोजना गरेको थियो ।