आदर्श सञ्चार, बागलुङ
बागलुङ उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत मतगणना शुरु भएको छ । १९औँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिरबार दिउँसो मदतान भएको थियो । मतदानमा एक हजार १८७ मतदाता सहभागी भएका थिए ।
शनिबार बिहान ८ बजेदेशि शुरु भएको मतदान पाँच बजे सम्पन्नभ एको थियो भने बागलुङ उद्योग वाणिज्यसंघको सभाहलमा ८ः४५ बजेबाट मतगणना शुरु भएको निर्वाचन अधिकृत राजु गौतमले जानकारी दिनुभयो ।
एक हजार चार सय १६ मतदाता रहेको बागलुङ उद्योग वाणिज्यसंघमा ८३.८२ प्रतिशत अर्थात एक हजार १८७ मत खसेको थियो । १९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, दुई उद्योग, तीन महिला सदस्य र १३ खुल्ला सदस्य चयन गर्नका लागि मतदान भएको थियो ।
बागलुङ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि राजन कुमार शाक्य र उमाकान्त शर्माको दुई प्यानल चुनावी मैदानमा छ ।