जागरण अभियानमा एमाले म्याग्दीको मोटरसाइकल ¥याली


आदर्श सञ्चार, म्याग्दी

नेकपा एमाले म्याग्दीले जागरण अभियान–२०८१ अन्तरगत जिल्ला स्तरीय बृहत मोटरसाइकल ¥यालीको आयोजना गरेको छ ।

एमाले म्याग्दीले आयोजना गरेको ¥याली पार्टी कार्यालय बेनी नगरपालिका–२ हाँडेभिरबाट शुरु भएर बीरेन्द्रचोक, न्यूरोड, क्याम्पसचोक हुँदै कालीपुल पुगेको थियो । कालीपुलबाट बैंकरोड हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी बीरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य थममायाँ थापाले जनताको बलिदानले आएको गणतन्त्र र संविधानमाथि कसैले पनि प्रहारगर्न नहुने बताउनु भयो । उहाँले संविधान र गणतन्त्रमाथि प्रहार गर्न खोज्ने कसैलाई पनि जनताले माफ नदिने धारणा राख्नु भएको थियो ।

नेकपा एमाले केन्द्रीय सदस्य एवम् पूर्व प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले ज्ञानेन्द्र शाहले देशभरका मठमन्दीरहरुमा दर्शनका नाउँमा गरेको भ्रमण नै संकाको घेरामा रहेको बताउनु भयो । उहाँले विगतको समयमा मन्दिरका राम्रा मुर्तिहरु चोरी हुने र बेचिने गरेको तथ्य सँग शाहको यात्रा पनि जोडिन सक्ने उहाँको आरोप थियो ।

कोणसभाको सञ्चालन एमाले म्याग्दीका सचिव थमसरा पुनले गर्नुभएको थियो भने अध्यक्षता अध्यक्ष बालकृष्ण सुवेदीले गर्नुभएको थियो । मोटरसाइकल ¥यालीमा एक सय भन्दा धेरै मोटरसाइकल सहभागी रहेको एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

जागरण अभियानमा एमाले म्याग्दीको मोटरसाइकल ¥याली

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *