आदर्श सञ्चार, दोहा कतार
गण्डकी प्रदेशका भलिबल टिम क्याप्टेन एवं चर्चित राष्ट्रिय खेलाडी हरि पाण्डे भलिबल खेल्न कतारमा आईपुगेका छन् ।
पर्वत समाज कतारको आयोजना तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकायमा इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरेको प्रतियोगितामा स्याङ्जा सहयोग समाज बाट खेल्न पान्डे सोमबार बिहान कतार आईपुगेका हुन ।
लामो समय सम्म गण्डकी प्रदेशको टिम कप्तान रहेका अनुभवी खेलाडी पान्डेले केही समय अगाडि मात्रै टिम क्याप्टेन बाट राजिनामा दिएका थिए ।
कतारको सानिया ५२ लेफ्ट साईड स्थित भलिवल ग्राउन्डमा आईतवार रातीदेखि सुरु भएको प्रतियोगिता पाण्डेको आगमनसंगै थप रोचक बन्ने देखिएको छ ।