सहकारीलाई सदस्यमैत्री बनाउन गलकोट नगरपालिकाको आग्रह

आदर्श सञ्चार,बागलुङ गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यमैत्री व्यवहार गर्न सहकारीका सञ्चालकहरुलाई आग्रह गर्नु भएको छ । 

जिल्ला सहकारी संघ लिमिटेड बागलुङको टोलीसंग आइतवार नगरपालिकामा भएको छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत गौतमले सदस्य केन्द्रीत सहकारीहरुले समुदायको हित गर्ने भएकाले सदस्यमैत्री बन्न सुझाव दिनु भएको हो । 

सहकारी सदस्यहरु मिलेर गरिने व्यवसाय हो, सदस्यहरुको सक्रिय सहभागिताले मात्रै सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ, पछिल्लो समय सहकारीमा केही समस्याहरु देखिएका छन्, प्रमुख प्रशासकीय अधिकृत गौतमले भन्नुभयो,–‘जुन सहकारीहरुले सदस्यमैत्री कारोबार गरेका छन्, सदस्य केन्द्रीत अभियान सञ्चालन गरेका छन् तिनमा समस्या छैन, सदस्यमैत्री सहकारीमा समस्या आउदैन ।’

जनशक्तिको अभावमा पालिकाले सहकारीहरुको सुक्ष्म निरीक्षण गर्न नसकेको यथार्थ जानकारी गराउदै उहाँले अभियान र स्थानीय तह मिलेर पालिका भित्रका सहकारीको क्षमता विकास, संस्थागत सुशासन लगायतमा काम गर्न आवश्यक रहेको बताउनुभयो । 

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु)ले ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन, सहकारी संघ संस्थाको प्रवद्र्धनका लागि शिक्षा तालिमहरु सञ्चालन गर्न तथा अनुगमन गरी सुधारका लागि निर्देशन गर्न आग्रह गर्नु भयो । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *