आदर्श सञ्चार, बागलुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले ५०० शेयर सदस्य थप गर्ने भएको छ । २५ सेवा केन्द्र भएको सहकारीले पछिल्लो समय विभिन्न कार्यक्रम ल्याउदै आएको छ । सहकारीले ऋणीलाई राखेर पुराण लगाउनेदेखि घर–घरमा सहकारी शिक्षा अभियान थाल्ने भएको छ ।
सहकारीप्रति जनविश्वास घटिरहेको बेला सिवाईसीले नागरिकको बचत सुरक्षा गर्दै लगानी बढाएको सकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले जानकारी दिनुभयो ।
चैत महिनाभित्रै ५ सय शेयर सदस्य बढाएर ५ करोड लगानी गर्ने तथा ५ करोड नै बचत संकलन गर्ने, पोरोहितलाई ऋणको विषयमा साक्षरता दिने, ऋण नतिर्नेलाई पत्रिकामा नाम निकाल्ने तथा विभिन्न सामाजिक काम गर्न थालेको अध्यक्ष शर्माले बताउनुभयो ।
उहाँले आफ्नो सहकारीमा ३२ प्रशित तरलता रहेकाले बचत फिर्ता र जम्माको काममा कुनै समस्या नभएको बताउनुभयो ।
बागलुङको इमेज बचत तथा ऋण सहकारी र शिवशिखर सहकारीमा समस्या आएपछि बचत फिर्ता बढी भएपनि विस्तारै सहज भइसकेको बताउदै पारदर्शीतापूर्वक सदस्य केन्द्रित कारोबार गर्ने कुनै सहकारी नढुब्ने बताउनुभयो ।
सहकारी उत्कृष्ट बनेकै कारण देशभरबाट एक वर्षमा १० हजार बढी सहकारीकर्मीले सिवाईसी भ्रमण गरेको उहाँले जानकारी दिनुभयो ।
भाखा नाघेका केही ऋणी भएपनि अब थर्काएर नभई सम्झाएर कारोवारमा ल्याउने योजना उहाँले सुनाउनुभयो । केही ऋणीको भने पत्रिकामै सुचना निकाल्नुपर्ने बताउनुभयो । शेयर सदस्यलाई भेटेर उनीहरुको समस्याबारे बुझ्दा खराब ऋणी पनि घट्ने र सहकारीप्रतिको विश्वास पनि बढ्ने उनको भनाइ छ ।
सिवाइसिमा अहिले पनि २६ हजार २ सय ४१ शेयर सदस्य छन् । ६ हजार १५ जना बालबचतकर्ता, ५ हजार १ सय १५ ऋणी छन् । ३९ करोड २१ लाख शेयर पूँजि भएको सहकारीमा १ अर्ब ५३ करोड बचत र १ अर्ब ३३ करोण ऋण लगानी छ । २५ वटा सदस्य सेवा केन्द्रबाट काम गर्न ९४ जना कर्मचारी छन् ।
सहकारीले नेपाल पत्रकार महासंघले संचालन गरेको पत्रकार लेखनवृत्ति कोषमा १५ हजार सहयोग प्रदान गरेको छ ।