आदर्श सञ्चार, बागलुङ
बागलुङ नगरपालिकाले सोमबार देखि छ महिने निःशुल्क मनोपरामर्श तालिम प्रारम्भ गरेको छ । तालिमको शुभारम्भ गर्दै नगर उप–प्रमुख राजु खड्काले समाजमा मानसिक रोगीहरुको संख्या बढ्दै गैरहेको कारण मनोसामाजिक समस्याहरुले ठूलो प्रभाव पारिरहेकाले त्यसको समाधानमा सहजिकरणका लागि नगरपालिकाको आयोजनामा तालिम संचालन गर्नु परेको बताउनुभयो ।
समाजको अध्ययनसंगै सरकारका नीति तथा कार्यक्रम र बजेट निर्माणमा मनोविमर्शकर्ताहरुबाट महत्वपूर्ण सुझाव प्राप्त हुने विश्वास सहित दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजनामा तालिम सहयोगी हुने बताउनु भयो ।
समुदायमा सकरात्मक चिन्तन, सोचका साथ तनाव व्यवस्थापन गरी शान्ति सुव्यवस्था स्थापनामा सहभागीहरु निरन्तर क्रियाशिल रहने समेत उप–प्रमुख खड्काले विश्वास लिनुभयो ।
नगरपालिका भित्रका १५ जना सहभागी तालिममा हुमन नेपालका मनोविद उमेश शिवाकोटी र प्रशिक्षक मोनिका खड्काले सहजिकरण गर्नुहुनेछ ।