बागलुङ नगरपालिकाले कार्यविधि विपरित पदस्थापन गरेको शिक्षक संगठनको आरोप


आदर्श सञ्चार, बागलुङ

बागलुङ नगरपालिकाले कार्यविधि विपरित शिक्षक पदस्थापन गरेको छ ।

शिक्षक सेवा आयोगबाट सिफारिस भई शिक्षा विकास तथा समन्वय इकाई बागलुङबाट नियुक्ती लिई बागलुङ नगरपालिकाभित्र पदस्थापनाका लागि सिफारिस गरिएका १३ जना शिक्षकहरुलाई शिक्षक पदस्थापन कार्यविधि विपरित पदस्थापन गरिएको शिक्षक संगठनहरुले जनाएका छन् ।

शिक्षकहरुलाई नगरप्रमुखले मनोमानी ढङ्गले विभिन्न विद्यालयमा पदस्थापना गरिएको भन्दै ध्यानाकर्षण भएको जनाइएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघले एक प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा ऐन विपरित भएका यस्ता गैर–जिम्मेवारी, अनैतिक साथै गैरकानूनी कार्यले योग्यता क्रमअनुसार स्थायी नियुक्तिका लागि छनोट भएका शिक्षकहरु स्तब्ध भएको जनाइएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै नगप्रमुख बसन्त कुमार श्रेष्ठले संगठनको मागमा पुनविचार गर्ने बताउनुभयो । कार्यविधि विपरित गरिएको पदस्थापन नसच्चिए थप आन्दोलनमा जाने नेपाल राष्ट्रिय शिक्षक संगठनका कुल बहादुर कार्कीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्