बागलुङ उद्योग वाणिज्यसंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन


मन कुमारी क्षत्री, बागलुङ

उद्योगी व्यवसायीहरुको छाता संस्था बागलुङ उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको पदस्थापन भएको छ । नवनिर्वाचित राजन कुमार शाक्य र अन्य सदस्यहरुले पद तथा गोपनीयताको सपथ समेत खानुभएको थियो । पदस्थापन कार्यक्रमपछि बोल्दै अध्यक्ष शाक्यले उद्योगी व्यवसायीको हक हितमा आफूले सक्दो काम गर्ने बताउनुभयो ।

निर्वाचित अध्यक्ष सहित १३ खुल्ला सदस्य, दुई उद्योग सदस्य र तीन महिला सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत भुमिश्वर गौतमले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजन शाक्य प्रत्यासी उमाकान्त शर्मालाई १२५ मतान्तरले हराउदै विजयी हुनुभएको थियो ।

यस्तै खुल्ला सदस्यमा ऋषीराम गौतम, अर्जुनप्रसाद कँडेल, अकिलबहादुर क्षेत्री, नविनकुमार श्रेष्ठ, इन्द्रमणी पौडेल, चन्द्रराज रेग्मी, मनिष राजभण्डारी, दिपक हमाल, सुदिपसागर कँडेल, बद्री ढुङ्गाना, श्रीजय श्रेष्ठ, उमेश केसी र राजु गौतम बिजयी हुनुभएको थियो । यस्तै उद्योग सदस्यमा राम प्रसाद शर्मा, चुडामणी सापकोटा विजयी हुनुभएको थियो भने महिला सदस्यमा कमला पराजुली, सविता आचार्य र सृजना राजभण्डारी बिजयी हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्