आदर्श सञ्चार, बागलुङ
६८ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर महिला हित वचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङले मंगलवार संस्थाले सञ्चालन गरेको हिजो, आज र भोली विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी दिवसलाई आम शेयर सदस्यहरुलाई सकारात्मक सन्देश दिने गरी मनाउनु पर्नेमा जोड दिनुभयो ।
सहकारी सदस्यहरुको हो, सदस्यहरुलाई संस्थाका गतिविधि जानकारी गराउने, समन्वय गर्ने र सहकार्य मार्फत अगाडि बढ्दा सहकारीलाई थप प्रभावकारी बनाउन सकिने उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु मन कुमारी केसी, लक्ष्मी बाँस्कोटा र शान्ति ज्ञवालीले सहकारीलाई समुदायको विकासका लागि थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा हालै सम्पन्न बागलुङ उद्योग वाणिज्य संघको अधिवेशनबाट सदस्यमा निर्वाचित महिला हित सहकारीका शेयर सदस्यहरु कमला पराजुली, सिर्जना श्रेष्ठ राजभण्डारी र सविता आचार्यलाई वधाई तथा शुभकामना व्यक्त गरिएको थियो । संस्थाका तर्फबाट अध्यक्ष लिलादेवी खड्का सहित पदाधिकारीहरुले नवनिर्वाचित संघका सदस्यहरुलाई वधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष लिलादेवी खड्काको अध्यक्षता, सचिव सावित्री केसीको सञ्चालन र कोषाध्यक्ष पम्फा किसानको स्वागतमा सम्पन्न भएको थियो ।
महिला हित सहकारी संस्थाले सञ्चालन गरेको हिजो, आज र भोली विषयक अभियानका बारेमा संस्थाका ऋण अधिकृत निशा कुवरले जानकारी गराउनु भएको थियो ।