कालिका कपको फाइनलमा जैमिनी र गलकोट भिड्ने

आदर्श सञ्चार, बागलुङ 
बागलुङमा जारी कालिका कप पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको फाइनल खेल सोमबार बिहानदेखि हुने भएको छ ।  ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालिका कप प्रयितोगिता अन्तरगत आइतवार भएको सेमि फाइनल खेलबाट जैमिनी नगरपालिका र गलकोट नगरपालिका फाइनलमा प्रवेश गरेका हुन् ।

जैमिनीले काठेखोला गाउँपालिकालाई र गलकोटले सिद्धार्थ चश्माघरलाई पराजित गरी फाइनलमा प्रवेश गरेका हुन । जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाबीच भएको सेमी फाइनल खेलको पहिलो सेट २५–२३, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० मा काठेखोलालाई पराजित गरी जैमिनी फाइनलमा प्रवेश गरेको हो ।

यस्तै गलकोट नगरपालिका र सिद्धार्थ चश्माघरबीच भएको सेमी फाइनल खेलको पहिलो सेट २५–२२, दोस्रो २५–२२ र तेस्रो २५–१९ मा सिद्धार्थ चश्माघरलाई पराजित गर्दै गलकोट फाइनलमा प्रवेश गरेको हो । सोमबार बिहान ९ बजेदेखि जैमिनी र गलकोटबीच फाइनल खेल हुने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

कालिका कप खुल्ला पुरुष भलिवल प्रतियोगितामा विजेता हुनेले २ लाख नगद र उपविजेताले १ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुगेका काठेखोला र सिद्धार्थ चश्माघरले २५/२५ हजार तथा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैया सहित पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

यो पनि पढ्नुहोस्