आदर्श सञ्चार, म्याग्दी
खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ नियुक्त हुनु भएको छ । श्रेष्ठले खेल क्षेत्रको सुधारका लागि आफु अध्यक्ष भएर आएको बताउनुभयो ।
खेलकुद क्षेत्रमा भएका बेथिति अन्त्यकालागि प्रयास गर्ने उहाँको भनाई थियो । त्यस्तै जिल्ला खेलकुद विकास समितिले प्रयोग गर्दै आएको बहुउद्देश्यीय कबर्डहलको मर्मत, जिल्लाको खेल क्षेत्रका सुधार र नयाँ र उत्कृष्ट खेलाडी उत्पादनमा आफ्नो ध्यान हुने उहाँको तर्क थियो । उहाँले आफूलाई खेलकुद अध्यक्ष बनाएकोमा नेपाली कांग्रेस, सामाजिक विकास मन्त्रालय तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो ।
जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले खेलकुद क्षेत्र निकै महत्वपूर्ण भएकोले यसको विकास र बिस्तारमा सबैले ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले राज्यकालगि खेलाडी र स्वास्थ्यका लागि खेल हुने भन्दै यस्तो क्षेत्रको विकासमा सबैले समान ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।
जिल्ला खेलकुद विकास समितिका प्रमुख दानबहादुर राईको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, प्रमुख अनुसन्धान अधिकृत सविन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।