आदर्श सञ्चार, बागलुङ
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि., बागलुङद्वारा संस्थामा आवद्ध बाल बचतकर्ताहरूलाई लक्षित गर्दै आयोजित बाल बचतकर्ता जागरण तथा स्नेह मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
संस्थाले १६ औं स्थापना दिवस २०८१ को अवसरमा सञ्चालीत “जागौ, जगाऔं र बढाऔं” अभियान अन्तर्गत सोमबार बागलुङ बजारमा यो कार्यक्रम सञ्चालन गरेको हो ।
संस्थामा आवद्ध बालबालिकालाई बचतको महत्व बुझाउने, सानैदेखि बचत गर्ने बानीको विकास गराउने, तथा प्रारम्भिक उमेरदेखि नै नेतृत्व क्षमताको अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सानै उमेरदेखि बचत गर्ने बानीले बालबालिकामा अनुशासन, प्रतिबद्धता र आत्मनिर्भरता जस्ता महत्वपूर्ण गुणको विकास हुने उल्लेख गर्नुभयो । उहाँले यस्तो अभ्यासले भविष्यमा जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै, संस्थाले आगामी दिनमा बालमैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सेतो गुराँस , बागलुङकी अध्यक्ष विना कार्कीले बाल मनोविज्ञान सम्बन्धी महत्वपूर्ण विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँले बालबालिकाको मनोवैज्ञानिक विकाससँगै व्यवहारिक शिक्षाको महत्वबारे प्रकाश पार्नुभयो ।
त्यस्तै, सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन जि.सी.ले बाल वित्तीय साक्षरताको अवधारणामा प्रस्तुति दिँदै, बालबचतकर्तालाई भविष्यका जिम्मेवार नागरिकका रूपमा विकास गर्न आर्थिक शिक्षाको भूमिकाबारे चर्चा गर्नुभयो ।
कार्यक्रमका क्रममा उपस्थित बालबालीकाहरुले आफ्ना प्रतिभाहरु, गित, कविता, न्तृयबाट प्रस्तुत गरका थिए । कार्यक्रमकै क्रममा सिवाईसी बाल क्लवको प्रारम्भीक गठन पनि गरिएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, सल्लाहाकार सिता शर्माको स्वागत र प्रमुख कार्यकारी अधिकृत नवराज शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।