आदर्श सञ्चार, म्याग्दी
म्याग्दीको बेनीमा सोमबार सम्पन्न वाण्टेड कप फुटसल प्रतियोगिताको म्याग्दी वर्कसपको टिम सौरभ र ब्रोदर्श टिल डेथले हात पारेको छ ।
महिला तर्फ म्याग्दी वर्कसपको टिम सौरभले वाण्टेड फ्यामीलीलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि बिजेता टिमले नगद ३० हजार मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गरे भने दोश्रो हुने टिमले नगद २० हजार र मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यस्तै पुरुष तर्फ बौद्ध क्लब मंगलाघाटलाई टाइब्रेकरमा तीनका बिरुद्ध चार गोलले पराजित गर्दै ब्रोदर्श टिल डेथले उपाधि हात पारेको छ । उपाधि संगै ८० हजार नगद मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो हुने बौद्धले नगद ५० हजार मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गरेको वाण्टेड फ्यामीलीका अध्यक्ष करन राम्जालीले जानकारी दिनुभयो ।
खेल प्रतिभाको पहिचान र अभ्यासलाई मजबुत बनाउने हेतुले खेलको आयोजना गरिएको वाण्टेड फ्यामीलीका खेल संयोजक साजन फगामीको भनाइ थियो । उहाँका अनुसार खेल निकै प्रतिस्प्रधात्मक भएको र उत्कृष्ट खेलकौशल सहभागी खेलाडीले देखाएका थिए । फुटसल प्रतियोगितामा पुरुष तर्फ १६ टिम र महिला तर्फ ८ टिमको सहभागिता रहेको थियो ।