बार निर्वाचन : गृह जिल्लामै रमण कुमार श्रेष्ठ कमजोर

आदर्श सञ्चार, बागलुङ
नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको दोस्रो दिनको मतगणना जारी छ ।
हालसम्मको परिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले मतान्तर झनै बढाएका छन् ।

निर्वाचन समितिका अनुसार ७६२ मत प्राप्त गर्दा नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ४५९ मत पाएका छन् । उनीहरूबिचको मतान्तर ३०३ रहेको छ ।

पछिल्लो समय बागलुङ जिल्ला केन्द्रको मत परिणाम सार्वजनिक भएको हो । बागलुङ श्रेष्ठको गृह जिल्ला हो । मत परिणाम अनुसार बागलुङमा मिश्रले ५५ मत ल्याउँदा श्रेष्ठले २५ मत मात्र प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस्