अध्ययन गर्न जापान जाने विद्यार्थीलाई बिदाई

आदर्श सञ्चार, बागलुङ
इडियु जोन एजुकेशन/भिजा कन्सल्टेन्सी बागलुङले अध्ययनका लागि जापान जाने विद्यार्थीलाई बिदाई गरेको छ । अध्ययनको लागि बैशाख पहिला साता जापान जाने १५ जना विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढा मगरले पछिल्लो समय धेरै युवा शक्ति अध्ययन र रोजगारीका लागि विदेश पलायन भइरहेको भन्दै विदेशमा सिकेको सिप र दक्षतालाई स्वदेश फर्किएर सदुपयोग गर्नु पर्ने बताउनुभयो । धेरै जसो युवा परिवारको आर्थिक अवस्था मजबुत बनाउनका लागि विदेश जाने गरेको उहाँको भनाइ छ ।

बुढा मगरले भन्नुभयो – ‘विदेश जाने धेरैको रहर हुँदैन, परिवार र आर्थिक अवस्था कमजोर हुनेहरुका लागि विदेश जानु बाध्यता हो, उच्च शिक्षा हासिल गर्न विदेश जानु राम्रो हो, विदेशमा गएर दक्ष बन्नु र आफूलाई अब्बल बनाउन सकियो भने स्वदेश फर्किएर धेरै क्षेत्रमा काम गर्न सकिन्छ, नेपालमा पनि धेरै संभावना छन्, प्रदेशमा कमाएको कमाईलाई आफ्नै जन्मभूमिमा फर्किएर लगानी गर्नु पर्छ ।’

कार्यक्रममा पत्रकार विजय राना लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा इडियु जोन, एजुकेशन/भिजाका निर्देशक दिल मास्की रानाको अध्यक्षता र कृष्ण किसान ‘संयोग’को संचालनमा सम्पन्न भएको थियो ।

इडियु जोन, एजुकेशन/भिजा कन्सल्टेन्सीले बागलुङ विगत ४ वर्षदेखि जापान अध्ययन गर्न जाने विद्यार्थीहरुलाई भाषा कक्षा संचालन गर्दै आएको छ ।

 

यो पनि पढ्नुहोस्