ताराखोला तीनका वडा अध्यक्ष मृत फेला

आदर्श सञ्चार, बागलुङ
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ नम्बरका वडा अध्यक्ष कर्णबहादुर भण्डारी मृत फेला पर्नु भएको छ । भण्डारी बुधबार विहान ११ बजे आफ्नै घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा मृत फेला पर्नु भएको हो ।

डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

अहिले ताराखोला प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको उहाँको भनाइ छ ।

अहिलेसम्म झुण्डिनुको कारण नखुलेको यादव बताउनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित हुनु भएको थियो ।

 

यो पनि पढ्नुहोस्