आदर्श सञ्चार, म्याग्दी
मुक्तिनाथ दर्शनपछि फर्किँदै गरेको बसको झ्यालबाट टाउँको निकाल्दा किशोरीको मृत्यु भएको छ । प्रवेशद्वारमा १५ वर्षीय किरोशीको टाउको ठोक्किएर मृत्यु भएको हो ।
शुक्रबार राति १० बजे म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित धर्मशाला परिसरमा घटना भएको हो । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको रा १ ख १६१३ नम्बरको बस भित्रछिर्ने क्रममा किरोशीको टाउँको गेटमा ठोक्किन पुगेको थियो ।
ज्यान गुमाउने किशोरी सल्यान जिल्ला, त्रिवेणी गाउँपालिका–६ लवाङकीकी सरस्वती ओली रहेको प्रहरीले जनाएको छ ।
उनी बसको पछिल्लो सिटमा बसिरहेकी थिइन् । घटनापछि गम्भीर घाइते उनलाई बेनी प्रादेशिक अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । चालकलाई नियन्त्रणमा लिइएको छ ।